‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा « Khabarhub

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग बोस सिज १९’ अब चाँडै प्रशारणमा आउने भएको छ ।

यस शोको निर्माण पक्षले नयाँ सिजनका प्रतिस्पर्धीलाई सार्वजनिक गरेको छ । यो पटक प्रतिस्पर्धीमा सामाजिक सञ्जालमा भाइरल व्यक्तिहरु समावेश छैनन् ।

यो पटक प्रतिस्पर्धीमा फैसल खान, फेसल शेख उर्फ मिस्टर फैजु, डेजी शाह, तनुश्री दत्ता, खुशी दुबे, विक्रम सिंह, राम कपुर, शरद मल्होत्रा, राज कुन्द्रा, गौरब तनेजा, पारस कलनावत र शशांक व्यासा जस्ता चर्चित अनुहारहरु छन् ।

यो पटक बिग बोसको प्रतिस्पर्धीमा रुपमा एआई रोबर्ट ‘हबुबु’ पनि सहभागी हुने चर्चा छ । यसबारे शोको तर्फबाट आधिकारिक पुष्टि भने भएको छैन ।

यूएईले बनाएको ‘हबुबु’ सात भाषामा बोल्न सक्छ । यसले खाना पकाउने र सरसफाइ गर्नेसमेत आफैँ गर्न सक्छ । यो रोबर्ट केटीको हुलियामा रहने गर्छ ।

रोबर्टले शोमा प्रतिस्पर्धा गर्ने चर्चाले फ्यानहरु उत्साहित देखिन्छन् । यो पटक शोमा केही नयाँ हेर्न पाइने उनीहरुको प्रतिक्रिया छ ।

यो पटक शोको थिम ‘रिवाइन्ड’ हुने बताइएको छ । यस अन्तर्गत अघिल्ला सिजनहरुको झल्को दिने गरी पूराना टाक्सहरु प्रतिस्पर्धीले सामना गर्नेछन् ।

यसको प्रोमो सलमानले जुलाइ ८ देखि १२ भित्र छायाङ्कन गर्ने बताइएको छ । अगस्ट ३ मा यस शोको प्रिमियर हुने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : २८ बजे

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे