कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित « Khabarhub

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा छनौट भएका ३० जना शिक्षकलाई सम्मान गरिएको हो । 

उत्कृष्ट शिक्षक छनौट मापदण्डका आधारमा शिक्षकलाई सम्मानित गरिएको सामाजिक विकासमन्त्री माननीय घनश्याम भण्डारीले बताए ।

‘प्रत्येक जिल्लाबाट माध्यमिक तह एक निम्नमाध्यमिक तह एक प्राथमिक तह एक गरी जम्मा तीन जना छनौट गर्नुपर्ने थियो,’ उनले भने,‘जसमा कम्तीमा एक जना महिला अनिवार्य समावेश हुने गरी छनौट गर्नुपर्ने मापदण्ड बनाएका थियौँ ।’

प्रत्येक तह कक्षा ५, कक्षा ८,र एसइईको परीक्षामा उत्कृष्ट सिकाई उपलब्धि भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९, ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्ने र एउटै स्थानीय तह वाट एक मात्र पर्ने गरी सम्बन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई वाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड तोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

त्यस्तै, ५ वर्ष स्थायी सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहनसँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व–घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागीय सजाय नपाएको शिक्षक छनौट गरेर सम्मानित गरिएको निर्देशनालयले जनाएको छ  ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ४० बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र