मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते « Khabarhub

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७  घटनामा  २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ । समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख बराबरको क्षति भएको छ । 

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ ।

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । 

विपद्का घटनामा २६ करोडको आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ५२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र