२०औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता | Khabarhub Khabarhub

२०औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सेप्टेम्बरमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि ३० खेलहरू दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समय सीमाभित्र ३० वटा खेलहरू दर्ता भएको जानकारी दिएको हो ।

युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई खेलहरू दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए । दर्ताका लागि सिफारिस नभएको खेलहरूलाई  समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनले बताए ।

यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्राचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए । कुन कुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयले कुनै समन्वय नगरेको कमिटीले आरोप लगाएको छ  ।

एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ । जीवनराम श्रेष्ठले अवैधानिक हिसाबले तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटीको अध्यक्ष बनेको भन्दै कुनै सहकार्य नगर्ने मन्त्रालयले बताउँदै आएको छ । 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ०१ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा