२०औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता « Khabarhub

२०औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सेप्टेम्बरमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि ३० खेलहरू दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समय सीमाभित्र ३० वटा खेलहरू दर्ता भएको जानकारी दिएको हो ।

युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई खेलहरू दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए । दर्ताका लागि सिफारिस नभएको खेलहरूलाई  समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनले बताए ।

यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्राचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए । कुन कुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयले कुनै समन्वय नगरेको कमिटीले आरोप लगाएको छ  ।

एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ । जीवनराम श्रेष्ठले अवैधानिक हिसाबले तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटीको अध्यक्ष बनेको भन्दै कुनै सहकार्य नगर्ने मन्त्रालयले बताउँदै आएको छ । 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ०१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल