राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन « Khabarhub

राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये आज तोकिएका मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफलमा भाग लिँदै सदस्य युवराज शर्माले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत माग भएकामा विगत वर्षको भन्दा घटेको बताए। शिक्षा क्षेत्रलाई बढी महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विगतका सरकारले ल्याएका राम्रा कार्यक्रममा अहिलेको सरकारले निरन्तरता दिन नसकेको आरोप लगाए । कृषि र शिक्षा क्षेत्रमा बजेट आवश्यक मात्रामा व्यवस्था हुन नसकेको उनको भनाइ थियो । 

सदस्य जयन्तीदेवी राईले शिक्षामा पर्याप्त मात्रामा बजेट नभएको बताइन्। सदस्य रेणु चन्दले प्रतिनिधिसभामा निजामती विधेयक पारित गरेभन्दा फरक कसरी भयो त्यसको छानबिन गर्न माग गरिन् । कृषिमा बजेट कम भएको उनको गुनासो थियो । 

सदस्य कृष्णबहादुर रोकायाले बजेटले सन्तुलित विकासको अवधारणालाई समेटेर अघि बढेको बताए। पुराना आयोजनालाई अलपत्र नपारी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

सदस्य कृष्णप्रसाद अधिकारीले बजेट भूगोलअनुसार सन्तुलित नभएको बताए। सदस्य गङ्गाकुमारी बेल्वासेले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताइन्। कृषिलाई हल्का तरिकाले बजेटमा प्रस्तुत गरिएको उनले उल्लेख गरिन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र