भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी « Khabarhub

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्थापन र सहकारी समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।   

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक बजेट व्यवस्थापन गरेर भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण तथा सहकारीमा देखिएका समस्या समाधान गरिने विश्वास दिलाए । 

मन्त्री अधिकारीले राजस्व संकलन र मुलुकको आर्थिक अवस्थाका कारण पर्याप्त बजेट विनियोजन हुन नसक्दा मन्त्रालय मातहतका आयोजना खुम्च्याउनु परेको र भएका आयोजनालाई पनि आवश्यक बजेट व्यवस्थापन गर्न चुनौती भइरहेको स्पष्ट पारे।  

उनले भने ,’आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयमा सात अर्ब ४९ करोड बजेट विनियोजन भएको छ । यसले भूमि व्यवस्थापन तथा सहकारीसम्बन्धी सम्पूर्ण कार्यालयको व्यवस्थापन आदि काम सम्पादन गर्न कठिन हुने देखिन्छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट वृद्धिका लागि पहल गरिरहेका छौँ ।’

मन्त्री अधिकारीका अनुसार मन्त्रालयअन्तर्गत ७७ वटै जिल्लामा रहेका कार्यालय व्यवस्थापन, सहकारी प्राधिकरण, सहकारी समस्या समाधान समिति, कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र सञ्चालनमा रहेका तथा कर्जा सुरक्षण कोष स्थापनाको योजना रहेकाले यी निकायमा बजेट अभाव हुन नदिन आवश्यक पहल गरिएको छ । उनले मन्त्रालय मातहतका कार्यालय व्यवस्थित र प्रविधियुक्त बनाइने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले यस वर्ष हालसम्म पाँच हजार सात सय भूमिहीन, दलित र अव्यवस्थितलाई लालपुर्जा वितरण गरिएको पनि जानकारी दिए । तीन वर्षभित्र सबैको व्यवस्थापन गरिने लक्ष्य रहेको भन्दै उनले सोही प्रयोजनका निम्ति भूमि विधेयक प्रतिनिधिसभामा पेस गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : ५० बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि