बजेटमा पार्टीकै नेताहरूले आक्रोश पोखेको भन्दै नेता शमशेरको आपत्ति « Khabarhub

बजेटमा पार्टीकै नेताहरूले आक्रोश पोखेको भन्दै नेता शमशेरको आपत्ति


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले बजेटको विषयमा पार्टीकै नेताहरूले सदनदेखि सडकसम्म आक्रोश पोखेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्ने क्रममा उनले असन्तुष्टिहरू सदन र सडकमा पोख्नु पार्टीको हितमा नभएको बताए । 

‘बजेटप्रति हाम्रा असन्तुष्टि छन् भने पनि यही बैठकमा राख्ने हो । तर यहाँ त सदनदेखि सडकमै आक्रोश पोख्ने काम भयो । त्यो राम्रो भएन,’ नेता राणाले भने, ‘यस्तो कार्यलाई पार्टीले रोक्नु पर्दछ । बजेट ल्याउँदा मन्त्रीले पार्टीसँग र पार्टीले मन्त्रीसँग समन्वय गर्नु पर्दछ । तर मन्त्रीमाथि व्यक्तिगत रूपमै आरोप लगाउने कुरा गलत छ ।’ 

पूर्व अर्थ राज्यमन्त्री राणाले संघीय सरकारको बजेटमा राम्रा पक्षहरू भए पनि समग्रमा धेरै असन्तुष्ट भइहाल्ने पक्षमा आफू नरहेको पनि बताए । कांग्रेसले सम्हालेका मन्त्रालयको बजेटमाथि प्रश्न उठ्नुको कारणबारे उनले जवाफ मागे । 

‘केन्द्रीय बजेटमा राम्रा पक्षहरू पनि छन् । कतिपय छुटेका पनि छन् तर समग्रमा धेरै असन्तुष्ट भइहाल्ने पक्षमा म छैन,’ राणाले भने, ‘तर दुर्भाग्य, हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको बजेटमाथि प्रश्न उठेको छ । यसको कारण के हो ? कहाँ कमजोरी भयो ?’ 

केन्द्रीय सदस्य राणाले कांग्रेस सामाजिक सञ्जालमा निकै नै पछाडि रहेको पनि गुनासो गरे । जसका कारण गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा देखिएको उनको भनाइ थियो । 

‘सोसल मिडियाको समय छ । हामी यसमा निकै पछाडि छौँ । मैले पहिला दुईटा केन्द्र समितिको मिटिङमा पनि यो विषय उठाएको थिए,’ राणाले भने, ‘यसको असर भिजिट भिसा प्रकरणमै देखियो । कर्मचारीको गल्तीमा मन्त्रीलाई दोषी भन्ने न्यारेटिभ क्रिएट गरेको छ ।’

सामाजिक सञ्जालमा अहिलेकै अवस्थामा रहे आगामी निर्वाचनमा समस्या देखिने उनको भनाइ थियो ।

 ‘हाम्रो सोसल मिडिया, डिजिटल मिडिया क्याम्पेन जिरो छ र यही किसिमले हामी अगाडि जाने हो भने अर्को चुनावमा हामीलाई समस्या पर्छ,’ राणाले भने । 

उनले भ्रातृ संगठनका नेतृत्वहरू र निर्देशन समितिमा रहेका नेताहरू मिलेर भ्रातृ संगनठहरूको अधिवेशन सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।  

‘विशेष गरेर नेविसंघ, महिला संघ र तरुण दल पार्टीलाई अत्यन्तै आवश्यकता भएका संगठन हुन् । यी संगठनको अधिवेशन नभएका कारण यसको असर पार्टीलाई पनि पर्छ चुनावमा,’ राणाले भने, ‘अरूलाई दोष लाउनुभन्दा पनि हामीहरू सबै मिलेर भ्रातृ संगठनका नेतृत्वहरू र निर्देशन समितिका साथीहरू मिलेर अधिवेशन गर्न जरुरी छ ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै