समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना « Khabarhub

समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताएकी छन् । 

आज काठमाडौँमा आयोजित ‘समाज रूपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तरक्रियामा उनले नेपालका सबैखाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको उल्लेख गर्दै महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन सम्भव भएको बताइन्। 

महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रूपान्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नुपर्ने पनि उपसभामुख रानाको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको अत्यन्तै ठूलो योगदान रहेको र यो इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताइन्।

डा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपाली नाट्य लेखन, निर्देशन र चलचित्र अभिनयलगायत क्षेत्रमा महिला संलग्नता र प्रवृत्तिको चर्चा गरिन्। उनले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडानजस्तो बन्ने धारणा राखिन् ।

उनको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा अशोक थापाले टिप्पणी गर्दै नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिए पनि त्यो पर्याप्त नभएको बताइन्। नृत्यविज्ञ डा. लोकनाथ दुलालले सुरुआतमा मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भएको कला पछिल्लो समय फेरिँदै गएको बताइन् ।
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ५३ बजे

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले