समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना « Khabarhub

समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताएकी छन् । 

आज काठमाडौँमा आयोजित ‘समाज रूपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तरक्रियामा उनले नेपालका सबैखाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको उल्लेख गर्दै महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन सम्भव भएको बताइन्। 

महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रूपान्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नुपर्ने पनि उपसभामुख रानाको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको अत्यन्तै ठूलो योगदान रहेको र यो इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताइन्।

डा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपाली नाट्य लेखन, निर्देशन र चलचित्र अभिनयलगायत क्षेत्रमा महिला संलग्नता र प्रवृत्तिको चर्चा गरिन्। उनले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडानजस्तो बन्ने धारणा राखिन् ।

उनको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा अशोक थापाले टिप्पणी गर्दै नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिए पनि त्यो पर्याप्त नभएको बताइन्। नृत्यविज्ञ डा. लोकनाथ दुलालले सुरुआतमा मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भएको कला पछिल्लो समय फेरिँदै गएको बताइन् ।
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै