वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार « Khabarhub

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा २०८२ तयार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सरोकारवालाबीच मस्यौदामाथि थप छलफल गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले उक्त छलफलमा सरोकारवालाले दिएका सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रूप दिने बताए । 

‘वन डढेलोका कारण धनजनको क्षति बर्सेनि भइरहेको छ । तसर्थ बिमाको व्यवस्था हुनुपर्ने कुरालाई हामीले जोड दिएका छौँ,’ उनले भने, ‘यसका लागि डढेलोको जोखिम व्यवस्थापनका लागि निजी क्षेत्र र स्थानीयसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

यसैगरी वनविद् विजयराज पौडेलले डढेलाले बर्सेनि मानवीय क्षति मात्रै नभएर आर्थिक क्षति पनि बढाउन थालेको भन्दै वन डढेलाको क्षतिको आर्थिक सर्वेक्षण गर्नुपर्ने सुझाव आएको बताए। 

‘वन डढेलो नियन्त्रणका लागि समुदायमा सचेतना बढाउन आवश्यक छ, यसका साथै पीडितको पुनःस्थापना पनि जरुरी छ,’ उनले भने, ‘रणनीति कार्यान्वयनका लागि पाँच वर्षमा करिब १२ अर्ब ८५ करोड लागत लाग्ने अनुमान छ ।’
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : १४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष