वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार « Khabarhub

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा २०८२ तयार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सरोकारवालाबीच मस्यौदामाथि थप छलफल गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले उक्त छलफलमा सरोकारवालाले दिएका सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रूप दिने बताए । 

‘वन डढेलोका कारण धनजनको क्षति बर्सेनि भइरहेको छ । तसर्थ बिमाको व्यवस्था हुनुपर्ने कुरालाई हामीले जोड दिएका छौँ,’ उनले भने, ‘यसका लागि डढेलोको जोखिम व्यवस्थापनका लागि निजी क्षेत्र र स्थानीयसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

यसैगरी वनविद् विजयराज पौडेलले डढेलाले बर्सेनि मानवीय क्षति मात्रै नभएर आर्थिक क्षति पनि बढाउन थालेको भन्दै वन डढेलाको क्षतिको आर्थिक सर्वेक्षण गर्नुपर्ने सुझाव आएको बताए। 

‘वन डढेलो नियन्त्रणका लागि समुदायमा सचेतना बढाउन आवश्यक छ, यसका साथै पीडितको पुनःस्थापना पनि जरुरी छ,’ उनले भने, ‘रणनीति कार्यान्वयनका लागि पाँच वर्षमा करिब १२ अर्ब ८५ करोड लागत लाग्ने अनुमान छ ।’
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै