इंग्ल्यान्डविरुद्धको टेस्ट : ब्याटिङमा संघर्ष गर्दै भारत, करुण नैरको अर्धशतक « Khabarhub

इंग्ल्यान्डविरुद्धको टेस्ट : ब्याटिङमा संघर्ष गर्दै भारत, करुण नैरको अर्धशतक


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करुण नैरको अर्धशतकका कारण भारतले इंग्ल्यान्डसँगको पाँचौँ तथा अन्तिम टेस्टमा मध्यम स्कोर खडा गर्ने सम्भावना देखिएको छ। १५३ रनमा ६ विकेट गुमाएको भारतका लागि वासिङ्टन सुन्दर र नैरले सातौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरेका छन्।

दोस्रो दिन शुक्रबार नैरले ५२ तथा सुन्दरले १९ रनबाट खेल्न सुरु गर्ने छन्।

इंग्ल्यान्डविरुद्ध कमजोर देखिएको भारतको ब्याटिङ लाइनमा ६ विकेट जाँदासम्म एउटा मात्र अर्धशतक बन्न सकेको हो। ओपनर यशस्वी जैसवाल २ रनमा आउट हुँदा केएल राहुलले १४ रन जोडे। शाही सुदर्शनले १०८ बलको सामना गरेर ३८ रन बनाउँदा कप्तान शुभमन गिल ३५ बलमा २१ रन जोड्दै रन आउट भए। ध्रुव जुरेलले १९ रन बनाए भने रविन्द्र जडेजा ९ रनमै आउट भए।

रन आउट शुभमन गिल ।

इङ्ग्याल्यान्डका जोस एटकिन्सन र जोस टङ्गले समान २ विकेट लिएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १६ बजे

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि