इंग्ल्यान्डविरुद्धको टेस्ट : ब्याटिङमा संघर्ष गर्दै भारत, करुण नैरको अर्धशतक « Khabarhub

इंग्ल्यान्डविरुद्धको टेस्ट : ब्याटिङमा संघर्ष गर्दै भारत, करुण नैरको अर्धशतक


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करुण नैरको अर्धशतकका कारण भारतले इंग्ल्यान्डसँगको पाँचौँ तथा अन्तिम टेस्टमा मध्यम स्कोर खडा गर्ने सम्भावना देखिएको छ। १५३ रनमा ६ विकेट गुमाएको भारतका लागि वासिङ्टन सुन्दर र नैरले सातौँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरेका छन्।

दोस्रो दिन शुक्रबार नैरले ५२ तथा सुन्दरले १९ रनबाट खेल्न सुरु गर्ने छन्।

इंग्ल्यान्डविरुद्ध कमजोर देखिएको भारतको ब्याटिङ लाइनमा ६ विकेट जाँदासम्म एउटा मात्र अर्धशतक बन्न सकेको हो। ओपनर यशस्वी जैसवाल २ रनमा आउट हुँदा केएल राहुलले १४ रन जोडे। शाही सुदर्शनले १०८ बलको सामना गरेर ३८ रन बनाउँदा कप्तान शुभमन गिल ३५ बलमा २१ रन जोड्दै रन आउट भए। ध्रुव जुरेलले १९ रन बनाए भने रविन्द्र जडेजा ९ रनमै आउट भए।

रन आउट शुभमन गिल ।

इङ्ग्याल्यान्डका जोस एटकिन्सन र जोस टङ्गले समान २ विकेट लिएका छन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : १६ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन