उपनिर्वाचनका लागि दल दर्ताको आह्वान | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 

आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
 
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : २८ बजे

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी