अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो  « Khabarhub

अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि लगाइने करको दर घोषणा गर्दै गएका छन् । जसअन्तर्गत उनले दक्षिण एसियाली मुलुकहरू माथि पनि करको दर तय गरेका छन् । 

अमेरिकाले अहिलेसम्म दक्षिण एसियाका सात मध्ये चार देशमाथि करको दायरा तय गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फरक–फरक मितिमा दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामाथि लगाइने करको घोषणा गरेका हुन् ।

उनले दक्षिण एसियामा सबैभन्दा बढी भारत र सबैभन्दा कम पाकिस्तानमाथि कर लगाएका छन् । ट्रम्पले भारतमाथि २५ प्रतिशत र पाकिस्तानमाथि १९ प्रतिशत कर घोषणा गरेका छन् । 

यस्तै अमेरिकाले बंगलादेश र श्रीलंकामाथि भने समान करको दायरा निश्चित गरेको छ । बीबीसीका अनुसार अमेरिकाले यी दुई मुलुकमाथि २० प्रतिशत कर घोषणा गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ०३ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक