पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय « Khabarhub

पाकिस्तानमा इमरान खानको पार्टीका १ सय ८ जनालाई सजय


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ (पीटीआई) का १ सय ८ सदस्यहरूलाई काराबासको सजाय सुनाइएको छ । काराबासको सजाय सुनाइएकाहरूमाथि सन् २०२३ मा सेनाविरुद्ध विरोध प्रदर्शनमा सहभागी भएको आरोप लगाइएको छ ।

सनु २०२३ मे महिनामा भ्रष्टाचारको आरोपमा अदालतमा पेशी हुन जाने क्रममा सुरक्षा बल इमरान खानलाई गिरफ्तार गरेको थियो । उनलाई गिरफ्तार गर्नुअघि नै पाकिस्तानमा हिंस्रक विरोध प्रदर्शन सुरु भइसकेको थियो ।

सजाय सुनाइनेमा पाकिस्तानको राष्ट्रिय सभामा विपक्ष दलका नेता उमर अय्युब खान पनि परेका छन् । बीबीसीका अनुसार उनलाई १० वर्ष कैदको सजाय सुनाइएको छ ।

पाकिस्तानका विपक्षी नेताहरूले ‘एन्टी टेररिज्म कोर्ट’ को फैसलाको निन्दा गरेका छन् । पछिल्लो फैसलाले पीटीआईका छ सांसदहरूलाई पनि अयोग्य ठहर गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ५८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र