मन्त्री पालले गरे जलस्रोत र पथरैया सिँचाइको भवन उद्घाटन « Khabarhub

मन्त्री पालले गरे जलस्रोत र पथरैया सिँचाइको भवन उद्घाटन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । 

मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तरगत रहेको पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

सोही अवसरमा निर्माण अवस्था बारे निरीक्षण समेत गरेका छन् । दुवै कार्यालयका भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजना अनुसार ठेक्का प्रक्रिया मार्फत निर्माण गरेको थियो ।

शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डम्बर धितालले एउटा कार्यालयको एक करोड ९२ लाख ६० हजार बराबरको लागत स्टमेट रहेकोमा ठेक्का प्रक्रिया मार्फत एक वर्षमै निर्माण सम्पन्न गरिएको बताए । 

उनकाअनुसार पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि एक करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो । 

१६ वैशाख २०८१ म सम्झौता भएको उक्त भवन निर्माण व्यवसायीले सम्पन्न गरेर गत वैशाखमा कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

यस्तै, भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालयको भवन पनि एक करोड १२ लाखमै सम्झौता गरिएको थियो । उक्त भवन पनि निर्माण व्यवसायीले निर्धारित समयमै सम्पन्न गरेको हस्तान्तरण गरेका थिए ।

भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले दुवै कार्यालय भवन जीर्ण अवस्थामा रहेकाले आवश्यकता महसुस गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए । 

उनले कार्यालय व्यवस्थित नभएसम्म प्रभावकारी रूपमा कार्य सम्पादन गर्न समेत असहज हुने भएकाले अब भने भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय र पथरैया मोहना सिँचाइ व्यवस्थापन कार्यालयलाई सहजता मिल्ने बताए । निर्माणको कामलाई गुणस्तरीय बनाउनु पर्नेमा उनले जोड दिए । 

सहज र प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन प्रमुख कुरा भएको उनको भनाई थियो । कतिपय निर्माण व्यवसायीले ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिकाबीच कम बजेटमा समयमै राम्रो काम गरेर भवन हस्तान्तरण गरेको निर्माण व्यवसायीलाई समेत धन्यवाद दिएका छन् । 

भूमिगत जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालयको भवन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा मन्त्रीसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : २० बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष