पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू) « Khabarhub

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पेरिसडाँडामा सुरू भएको छ।

यो बैठकमा संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणलगायत एजेन्डामा छलफल हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकको सुरूमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने तयारी छ ।

त्यसपछि पोखरामा अड्किएको मध्यपहाडी लोकमार्ग अभियानलाई निरन्तरता दिने निर्णय हुनेछ । त्यसैगरि केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायत एजेन्डामा छलफल हुने सापकोटाले बताए ।

बैठकमा समाजवादी मोर्चालाई सक्रिय बनाएर त्यसलई विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीमा उपमहासचिव जनार्दन शर्माले चलाइरहेको अन्तर्संघर्षको विषयमा पनि कुरा हुनेछ ।

अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको अन्तर्संघर्ष सार्वजनिक रूपमै छताछुल्ल भइसकेको छ । अन्तर्संघर्षबारे छलफल गरेर पार्टीको सुदृढ एकताबारे बैठकमा कुरा हुने बताइएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०४ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा