झलनाथलाई माधवले भने- संस्थागत निर्णय नमान्नेले पार्टीबाट बिदा लिँदा हुन्छ « Khabarhub

झलनाथलाई माधवले भने- संस्थागत निर्णय नमान्नेले पार्टीबाट बिदा लिँदा हुन्छ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन्  । 

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्ने संचारकर्मीहरुको प्रश्नमा गर्दै अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट बिदा लिन सुझाव दिए । 

उनले सम्मानित नेता खनालले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकोले उनको भनाइको अर्थ नरहेको बताए । 

एक प्रश्नको जवाफमा नेता नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरूको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे  । 

अध्यक्ष नेपालले शेर बहादुर देउवा र केपी ओली एक ठाउँमा रहे सम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको जानकारी दिए ।  

उनले अहिले आफूहरू पार्टी सङ्गठन सुदृढीकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए । अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ५९ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष