मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको निरीक्षणका क्रममा शुक्रबार गृहमन्त्री लेखकले चालु आवमा लागूऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने बताए ।

उनले ब्युरोलाई विभागका रुपमा कसरी विकास गर्न सकिन्छ, अध्ययन र धारणा बनाउन प्रहरी महानिरीक्षक र सिआईबी ब्युरोका प्रमुखलाई आग्रह गरेका छन् । उनले गृहमन्त्रालय ब्युरोलाई विभाग बनाउन प्रतिबद्ध रहेकाले अध्ययन गर्न आवश्यक भएको बताए ।

लागूऔषध अपराधजन्य कार्य भएकाले अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत मन्त्री लेखकले प्रतिबद्धता जनाए । उनले प्रहरीले लागूऔषध नियन्त्रणविरुद्ध प्रगति गरेको भन्दै प्रशंशा गरे ।

‘लागूऔषधका अपराधि पक्रेर, चेन ब्रेक गर्ने, यसका विरुद्ध सचेतना फैलाउन जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘घरघरमा जानकारी गराउन जरुरी छ, लागूऔषधले गर्ने असरबारे युवालाई, विद्यार्थीलाई जानकारी गराउन आवश्यक छ ।’

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : ०५ बजे

पहिरोले मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

सिन्धुली– मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा

जिग्री र पाँडेको जाेडी छुट्टियो, अभिनेता महेश चर्चामा

हेडलाइन…दीपा र केदारले भटाभट फिल्म साइन गर्दै छक्का पञ्जा टिमका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन्