कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । 

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रुपैयाँसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, ३० लाख रुपैयाँ देखि दुई करोड रुपैयाँसम्मको थैली अङ्कमा जिरो दशमलव तीन प्रतिशत र दुई करोड रुपैयाँभन्दा माथिको थैली अङ्कमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो । 

चालु आर्थिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अङ्कमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अङ्कमा दुई दशमलव पाँच प्रतिशत पुर्‍याइएको छ । 

यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाख रुपैयाँसम्मको एक प्रतिशत, ३० लाख रुपैयाँदेखि दुई करोडसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत र दुई करोडभन्दा माथिको थैली अङ्कमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए । 

शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । 

छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ११ बजे

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

लचिलो एमाले बन्छ र वामएकता गर्ने प्रतिबद्धता हुन्छ भने विद्या भण्डारीलाई समर्थन छ- झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले