कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो « Khabarhub

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मुगु- कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । 

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रुपैयाँसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, ३० लाख रुपैयाँ देखि दुई करोड रुपैयाँसम्मको थैली अङ्कमा जिरो दशमलव तीन प्रतिशत र दुई करोड रुपैयाँभन्दा माथिको थैली अङ्कमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो । 

चालु आर्थिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अङ्कमा दुई प्रतिशत र दुई करोडदेखि माथिको थैली अङ्कमा दुई दशमलव पाँच प्रतिशत पुर्‍याइएको छ । 

यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाख रुपैयाँसम्मको एक प्रतिशत, ३० लाख रुपैयाँदेखि दुई करोडसम्मको थैली अङ्कमा एक दशमलव पाँच प्रतिशत र दुई करोडभन्दा माथिको थैली अङ्कमा दुई प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए । 

शतप्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । 

छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ११ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी