आश्रित मानवलाई कोदो उपहार दिएर मनाइयो ‘कोदो दिवस’ « Khabarhub

आश्रित मानवलाई कोदो उपहार दिएर मनाइयो ‘कोदो दिवस’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित मानवसेवा आश्रमलाई कोदो उपहार दिएर ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाइएको छ । 

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज यहाँ कार्यक्रम आयोजना गरी त्यहाँ आश्रित ९५ जनाका लागि कोदो, कागुनोसहितका खाद्य उपहार दिएको हो ।

दिवसका अवसरमा मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतले दिवसले नेपालमा धान, गहुँ, मकैपछि चौथो महत्त्वपूर्ण खाद्य बालीका रूपमा रहेको कोदोजन्य बालीले आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताए । 

उनले खाद्यान्न बालीको सात दशमलव नौ प्रतिशत, उत्पादनको तीन दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमशः तीन, ७८ र १० प्रतिशत क्षेत्रफलमा खेती हुने गरेको बताए । 

सचिव रावतले कर्णालीका हुम्ला र मुगु जिल्लामा कोदो प्रथम र जुम्लामा दोस्रो खाद्य बालीका रूपमा रहेको जानकारी दिए ।

उनले प्रदेशमा खाद्य सुरक्षाका दृष्टिकोणले २८ हजार ३६५ मेट्रिकटन खाद्यान्न बचत रहेको भए पनि डोल्पा, मुगु, हुम्ला र कालीकोटमा २२ हजार ६७३ मेट्रिकटन खाद्यान्न अपुग देखिएको तथ्याङ्क प्रस्तुत गरे । 

मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सङ्गीता गौतमले प्रदेश सरकारले दिवसलाई मानव सेवासँग जोडेर कार्यक्रम गरेकामा धन्यवाद ज्ञापन गरिन् । ‘कोदो, कागुनो र चिनो सबै यहाँका अर्ग्यानिक अनाज हुन् । यसले आश्रित मानवहरूको पौष्टिक आहारमा सहयोग पुग्ने आशा गरेको छु’, उनले भनिन् । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : १९ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी