मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसद्मा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन नसक्ने प्रष्ट पारे ।
अध्यक्ष नेपालले भने, ‘पतञ्जलीको जग्गा बिक्री प्रक्रियामा कुनै कानुन उल्लङ्घन नभएकाले बढी जग्गा बिक्रीबाट नेपाल सरकारलाई फाइदा पुगेको छ ।’
उनले नेकपा (माओवादी केन्द्र) सँग विश्वासको वातावरण तयार गर्न एवं समाजवादी मोर्चालाई निरन्तरता दिन छलफल एवं वार्ता भइरहेको जानकारी दिए ।
उनले मुलुकको राजनीति चुनौतीलाई सामना गर्न एवं विचार र मुद्दा मिल्ने लोकतान्त्रिक शक्ति एवं वामपन्थी घटकहरूबीच सहकार्य गरी अगाडि बढ्न मोर्चा निर्माण गरिएको बताए ।
उनले पार्टीको निर्णय उल्लङ्घन गर्ने रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको र आगामी बैठकले निर्णय गर्ने बताए ।
प्रतिक्रिया