नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा | Khabarhub Khabarhub

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताएका छन् ।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्था: अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमानदार भएर प्रयासरत रहेको बताए  ।

‘देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् । संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ’, सभापति देउवाले भने ।

उनले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमानदारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राखे । 

‘देशका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा थारु समुदाय दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिँदै आएको छ, लोकतान्त्रिक मूल्यमान्यता पालना गर्दै आफ्नै जीवनशैलीमा अपनाउने यो समुदायको विशेषता हो’, सभापति देउवाले भने, ‘उदाहरणका लागि हरेक वर्ष माघमा आफ्नै नेतृत्व लोकतान्त्रिक प्रक्रियाद्वारा चयन गर्ने परम्परा थारु जातिमा अत्यन्तै सुन्दर र अनुकरणीय अभ्यास हो ।’

उनले थारु समुदायको सामूहिक निर्णयमा हुने अभ्यास पारदर्शिता, उत्तरदायित्व र सहभागितामा आधारित रहने भन्दै यो समुन्नत लोकतान्त्रिक संस्कृतिको नमुनाका रूपमा रहेको बताए । नेपाली कांग्रेसले थारुलाई उच्च सम्मान गर्दै आएको उनको भनाइ छ ।

थारुको विषयमा पार्टीले लिनुपर्ने नीतिमा सहयोग गर्ने, समुदायको विकास र उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले केन्द्रीय सदस्य योगेन्द्र चौधरीको संयोजकत्वमा थारु विभाग गठन गरिएको सभापति देउवाले जानकारी दिए । 

‘कांग्रेसभित्र सङ्गठित भई पार्टीको सङ्गठन निर्माणमा र आफ्नो समुदायमा नेतृत्व विकास गर्ने उद्देश्यले नेपाल थारु सङ्घको गठन भएको छ’, उनले भने ।

सभापति देउवाले २०५७ सालमा कमैया मुक्ति आन्दोलनको नेतृत्व डिल्लीबहादुर चौधरीले गरेको स्मरण गरे  । उनले भने, ‘२०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएसँगै संविधानले नेपालका लाखौँ थारुको सम्मान गरी छुट्टै पहिचानसहितको व्यवस्था गरिएको छ ।’ रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ५६ बजे

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ ।

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले