नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री « Khabarhub

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् ।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट पारे ।

“नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वासनीय विकास साझेदार पनि हो”, प्रधानमन्त्री ओलीले भने, “हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्व दिन्छौँ । यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो । यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ ।”

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताए । उनले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनःपुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाए ।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पु्याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रवलीकरण जस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताए ।

“नेपालले हाम्रा सीमामा रहेका हिमालय र नाजुक पर्यावरणीय प्रणालीको संरक्षणमा चीनसँगको सहकार्यलाई उच्च प्राथमिकता दिन्छ । यसै वर्ष सम्पन्न पहिलो सगरमाथा संवाद यस दिशातर्फको सार्थक कदम थियो । हालै लिङ्गदे खोलामा आएको बाढीले सीमाका दुवै छेउमा व्यापक क्षति पुर्यायो।यसले विपद् पूर्वतयारी, प्रारम्भिक सूचना प्रणाली र दीगो हिमाली विकासमा संयुक्त प्रयासको आवश्यकता झनै बलियो बनाएको छ”, प्रधानमन्त्री ओलीले भने, “नेपाल चीनले राष्ट्रिय पुनरोदय र आधुनिकतामा हासिल गरेको अद्वितीय उपलब्धिहरूको उच्च सम्मान गर्दछ । करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गर्नु, नवप्रवर्तन र दीगो विकासमा अग्रणी बन्नु र अन्तरराष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्नु यी सबै विश्वका लागि प्रेरणादायी छन् । यी उपलब्धिहरूले चीनलाई मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वलाई स्थायित्व र प्रगतिमा योगदान दिएका छन् । हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ ।”

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ४१ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको