भारतका नौसेनाप्रमुख एडमिरल त्रिपाठी जापान भ्रमणमा « Khabarhub

भारतका नौसेनाप्रमुख एडमिरल त्रिपाठी जापान भ्रमणमा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका नौसेनाप्रमुख एडमिरल दिनेश के. त्रिपाठी जापान भ्रमणमा पुगेका छन् । त्रिपाठी चारदिने जापान भ्रमणमा गएका हुन् ।

उनको भ्रमणको उद्देश्य जापान र भारतबीच कायम द्विपक्षीय रक्षा सहकार्यलाई अभिवृद्धि गर्नु रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । जापानमा रहँदा उनले उच्च रक्षा एवम् नौसैनिक अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

भेटवार्ताका क्रममा दुई मुलुकका सैन्य अधिकारीबीच समुद्री सुरक्षा, प्राविधिक साझेदारी, नौसैनिक सहकार्यका नवीन आयामहरुको पहिचानजस्ता विषयमा छलफल हुनेछ । भारतीय नौसेनाले द्विपक्षीय एवम् बहुपक्षीय रक्षा सहकार्यलाई थप सुदृढ बनाउन आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएको छ ।

पछिल्लो समय भारतले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लगेको छ । सोही अनुसार यसअघि गत अप्रिल महिनामा एडमिरल त्रिपाठीले तान्जानियाको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : १५ बजे

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता