एक खेल अगाडि उपाधि उचाल्न चुक्यो नेपाल : आसाम सिरिजको अन्तिम भिडन्त आज « Khabarhub

एक खेल अगाडि उपाधि उचाल्न चुक्यो नेपाल : आसाम सिरिजको अन्तिम भिडन्त आज


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी टी–२० सिरिजको अन्तिम भिडन्त आज हुँदैछ । सोमबार साँझ नेपाल ‘ए’ टिमले पाँचौ अर्थात् अन्तिम प्रतिस्पर्धा गर्दैछ । चौथो खेलमा आइतबार १८ रनले पराजित भएसँगै एक खेल अगाडि सिरिज जित्ने मौका नेपालले गुमाएको छ ।

सुरुमा ब्याटिङ गरेको आसामले दिएको १७५ रनको लक्ष्य भेट्न नसक्दा नेपाल १८ रनले एक खेल अगाडि उपाधि उचाल्न चुकेको हो । अब उपाधिका लागि अन्तिम खेल जित्नै पर्ने दबाबमा दुवै टिम परेका छन्।

यसअघि पहिलो खेलमा पराजित भएको नेपालले लगातार दुई खेलमा जित निकालेको थियो । पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो ।

पाँचौ अर्थात् सिरिजको अन्तिम खेल सोमबार साँझ ५ बजे सुरु हुँदैछ।यो प्रतिस्पर्धा नेपाल क्रिकेट संघ क्यानले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण गर्नेछ ।

क्यानले घोषणा गरेको अनिलकुमार साह कप्तान रहेको नेपाल ‘ए’ टिमममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्।

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ४४ बजे

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली