मेरिल्याण्ड गौरा पर्व मनाइयो « Khabarhub

मेरिल्याण्ड गौरा पर्व मनाइयो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइएको छ । मेरिल्याण्डस्थित हिन्दुबुद्ध मन्दिरमा गौरा पर्व मनाइएको हो ।

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले गौरा पर्व मनाएको हो । कार्यक्रममा गौरापुजन, गौरा नाच, पन्चे बाजा, फल फट्काउनेलगायत विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सुदूरपश्चिम नेपाली समाजका कार्यवाहक अध्यक्ष हरिष साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावस डिसीका आर्थिक सल्लाहकार युगराज पाण्डेय प्रमुख अतिथी तथा मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याकसन विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

नेपाली समुदायलाई सांस्कृतिक तथा समाजिक रुपमा एकीकृत गर्न मेरिल्याण्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले चार वर्षदेखि लगातार कार्यक्रम गर्दै आएको गौरा व्यवस्थापन समितिका मिडिया संयोजक रमेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ३४ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी