एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क, दिक्क देवराज इन्द्र माछाको रूप धारण गरी पोखरीमा रमाइलो मानेर पौडिँदै थिए । माझीले थापेको बल्छीमा परेका इन्द्रको मुखमा बल्छीको तिखो धारले नराम्ररी घाउ बनाएछ ! देवत्वको प्रतापस्वरूप रूप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतर्फ भाग्न सफल भए । माझीले बिनाकसुर आफूलाई चोट लगाएकोमा क्रुद्ध इन्द्र दोषीलाई दण्ड दिनुपर्ने मागसहित कैलाश पर्वत पुगे । इन्द्रका कुरा सुनेपछि शिवजीले प्रश्न गरे– ‘तिमी त्यो पोखरीमा इन्द्र भएर बसेका थियौ ?’
‘अहँ, म माछाको आवरणमा थिएँ ।’ इन्द्रको भनाइ प्रतिवाद गर्दै शिव भन्छन्– ‘तिमी माछाको रूपमा थियौ । त्यसैले माझीले माछाको सिकार गरेका थिए, इन्द्रको होइन । त्यसैले माझीले तिमीलाई चोट दिएर कुनै गल्ती गरेका छैनन् ।’
केपी ओलीलाई आलोचनासँग बेस्सरी रिस उठ्न थालेको छ । सामाजिक सञ्जालमा सरकारका गतिविधिमाथि गरिएका टिकाटिप्पणी सहने क्षमता र धैर्य कम हुँदै गएको छ । तर उनले के बुझ्नुपर्छ भने आएका क्रियाप्रतिक्रिया यो मुलुकको प्रधानमन्त्रीमाथि गरिएको खबरदारी हो ।
सत्तारुढहरूको अहम् र आत्मरतिका कारण अर्को पुस्तासमेत असुरक्षित बन्दैछ । राज्यको जीवनमा गरिने सामान्य भन्दा सामान्य गल्तीले दशकौँ पिर्छ । रातो मसीले गरिने एउटा हस्ताक्षर कुठाउँ पर्याे भने गर्भका थुप्रै शिशु प्रभावित हुन्छन् ।
भगवानको राज्य त आलोचनामुक्त थिएन भने गुण र दोषसहित सृष्टि गरिएको मानिसले आफूलाई आलोचनामाथि ठान्नु नैतिक पतनको प्रस्थान विन्दु हो । परिवर्तनको संवाहक हुनुपर्ने इतिहासको परिपक्व र शक्तिशाली प्रधानमन्त्री कर्मकाण्डी बनेको दृश्य कसैलाई स्वाभाविक लागेको छैन ।
सत्तारुढहरूको अहम् र आत्मरतिका कारण अर्को पुस्तासमेत असुरक्षित बन्दैछ । राज्यको जीवनमा गरिने सामान्य भन्दा सामान्य गल्तीले दशकौँ पिर्छ । रातो मसीले गरिने एउटा हस्ताक्षर कुठाउँ पर्याे भने गर्भका थुप्रै शिशु प्रभावित हुन्छन् । अझ उनीहरूले प्रकट गर्ने वाणी र व्यवहार एउटा सभ्य नागरिकका लागि समेत पच्ने नहुँदा त्यसको क्षतिपूर्ति सम्भव छैन । माधव नेपालले पार्टीमा टुक्रुक्क बस्ने पिरासम्म नदिएका बखत हिजोका दिनमा मदन भण्डारी फाउण्डेशन ओलीको ओत लाग्ने ठाउँ थियो । फाउण्डेशनको लेटर हेडमा उनको कित्ताका कार्यकर्ताहरूको नाम रुजु हुन्थ्यो ।
विद्या भण्डारी ६ वर्ष राष्ट्रपतिको कुर्सीमा रहे पनि त्यो संस्थाको रिमोट ओलीको हातमा थियो भन्ने आम बुझाइ छ । तिनै ओलीले दिवङ्गत मदन भण्डारीलाई देशको सर्वोत्कृष्ट ‘नेपाल रत्न’ पदक दिलाए । स्वार्थ बाझेपछि आफ्नै पथप्रदर्शकमाथि तल्लो स्तरमा खनिएका छन् ।
विद्या भण्डारी ६ वर्ष राष्ट्रपतिको कुर्सीमा रहे पनि त्यो संस्थाको रिमोट ओलीको हातमा थियो भन्ने आम बुझाइ छ । तिनै ओलीले दिवङ्गत मदन भण्डारीलाई देशको सर्वोत्कृष्ट ‘नेपाल रत्न’ पदक दिलाए । स्वार्थ बाझेपछि आफ्नै पथप्रदर्शकमाथि तल्लो स्तरमा खनिएका छन् । अपराधी मरेपछि उसले गरेको अपराध मर्छ भन्ने कानूनको सामान्य सिद्धान्तले स्वीकार्छ । तर पार्टीको सैद्धान्तिक प्राण भर्ने प्रवर्तकमाथि ओलीको जोरजुलुमले कालान्तरमा ब्याजसहित असुल्ने पक्का छ ।
प्रधानमन्त्रीको कुर्सीबाट झरेपछि बल्ल थाहा हुनेछ, उनी चढेको उचाइभन्दा पर अरू धेरै पहाड छन् । अब एक सनक चल्यो भने ओलीले पार्टीबाट जनताको बहुदलीय जनवाद खारेज गराउने दिन आउन धेरै बाँकी छैन । त्यसपछि एमालेजनले ओलीका जग हँसाउने चटके बोलीको ठेली पार्टीको दस्तावेज मानेर झेल्नुपर्ने छ ।
सरकार आफैँ विधिको अर्को नाम हो । मुलुकको कार्यकारी प्रमुखले देशको कानून, विधि र प्रक्रिया अक्षरशः पालना गर्छु भनेर ईश्वरको नाममा सपथ खाएको हुन्छ । अचम्म, त्यस्ता व्यक्तिले गरेको निर्णय चौबीस घण्टा टिक्दैन । ओली प्रधानमन्त्री भएपछि सरकारले गरेका थुप्रै निर्णय पानीमा लेखिएको अक्षरजस्ता बनेका छन् ।
लोकतन्त्रको सौन्दर्य भनेको कामको स्वतन्त्रता हो । कसैले चाहेर पनि फोक्सोको काम मुटुले गर्न सक्दैन । किड्नीको काम मस्तिष्कले गर्न सम्भव छैन । न यी अङ्गले कसैको दबाबमा काम गर्न मिल्छ, न अरूको काम नै ठेक्का लिन ।
सरकार बनाउन मद्दत गरेका दल सरकारबाट निस्केपछि फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानभन्दा माथि ठान्ने ओलीलाई यस्ता नैतिक बन्धनले बाँध्ने प्रश्नै रहेन । बाढीले उपत्यका बगाउन लाग्दा ‘भिजिबिलिटी’ पुगेन भनेर हेलिकोप्टर हेङ्गरमा थन्क्याएर बस्ने सहयात्रीले ओलीलाई बदनाम बनाउन मसलाको काम गरेका छन् ।
लोकतन्त्रको सौन्दर्य भनेको कामको स्वतन्त्रता हो । कसैले चाहेर पनि फोक्सोको काम मुटुले गर्न सक्दैन । किड्नीको काम मस्तिष्कले गर्न सम्भव छैन । न यी अङ्गले कसैको दबाबमा काम गर्न मिल्छ, न अरूको काम नै ठेक्का लिन । बरु यिनीहरूलाई स्वच्छन्द तरिकाले चल्ने वातावरणको निर्माण साँचो लोकतन्त्रमा अपेक्षा गरिन्छ । सरकारी संयन्त्रमा बसेर गरिएका निर्णय जुगौँजुग जीवित रहन्छन् । धेरथोर जति होस्, सरकारी धन हजुरबाले खाएको छ भने नातिले तिर्नुपर्ने हुन्छ । अझ कलियुगमा त आफ्नै आँखा अगाडि नाङ्गिएर सत्य नाच्छ ।
गणतन्त्रलाई बयलगाडासँग तुलना गर्ने ओली अन्ततः तीन तीन पटक त्यही शासनप्रणालीको कार्यकारी धुरीमा पुगे । नेताले नभएर सबैले बुझेर नबुझेको शक्तिका डिजाइनमा गणतन्त्र आएको हो । यहाँका नेताले चाहेर ल्याउने र लाने भइदिएको भए प्रचण्डले उहिल्यै प्रचण्ड प्रतापी राष्ट्रियगान प्रयोगमा ल्याइसकेका हुन्थे । पटक पटकको दृश्यले भन्छ– सतहमा देखिएका सबै नेता प्रयोगका पात्र हुन् । दशाको शनि, कमाईको मनी अन्ततः दुश्मनी नेताको नियति बनेको छ ।
नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैँ नेताहरूको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ ।
सत्ता नपाएसम्म क्रान्तिकारीहरू सत्ता पाउनासाथ आज्ञाकारी हुन्छन् । प्रधानमन्त्री हुँदाताका बाबुराम भट्टराईले भनेका थिए– ‘सत्ताको साँचो त अन्तै पो रहेछ ।’ बीपी– जीपी, केपी–पीके, मनमोहन– माधवदेखि शेरबहादुर हुँदै झलनाथसम्म यस कटु सत्यका पारङ्गत व्यक्तित्वहरू हुन् । तर यो विषयलाई उनीहरूले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए । अरु त अरु कम्युनिष्ट पृष्ठभूमिका नेताहरू कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो ।
मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरू आईफोनको पारखी भएका छन् । अरु त परै छाडौँ एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरूमा देखिँदैन । हो देश पनि तिनीहरूका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैँ नेताहरूको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । मन पर्दा तिनै नेतालाई चाटेर देवत्वकरण गरियो । मन नपर्ने वित्तिक्कै खुँडा बोकेर काट्न खोजियो ।
नेपालका अधिकांश प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति, चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्रीसँग उभिएर फोटो खिचेका छन् । बेडरुमदेखि बैठकसम्म त्यो फोटो सगौरव झुण्ड्याएका छन् । फोटो खिच्ने लोभ त सबैमा पलायो तर सिक्नुपर्ने कार्यशैलीप्रति भने उनीहरू बेखबरजस्तै बने । बिहान उठेका डोनाल्ड ट्रम्प मर्निङ वाक गर्दा सुरक्षा सल्लाहकार, चिया पिउँदा राजनीतिक सल्लाहकार र टेनिस खेल्दा कूटनीतिक सल्लाहकारसँग बैठक भ्याइसकेका हुन्छन् । विश्व चलाउने ट्रम्प यति सजिलै सबै काम सिध्याउँछन् । विडम्बना आफूले नेतृत्व गरेका दललाई गुठीमा रूपान्तरण गरेका हाम्रा नेताहरू बैठकलाई घरको माना बचाउने र जीब्रो भिजाउने मौकाका रूपमा हेर्ने गर्छन् । सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशूलको अन्तरकथा पनि यही नै हो ।
नेताहरूले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्विट्जरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् ।
माओ कि ट्रम्प ? यसो भनेर गाई त्रिशूल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरूको रोजाइ ट्रम्प पर्नेमा शङ्का छैन् । कार्यकर्ताहरूलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताहरूका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरूले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्युबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्विट्जरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् ।
त्यसैले त इमानदार कम्युनिष्टहरू यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् । अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौँ माओवादी कार्यकर्ताहरूले अमेरिकी नागरिक हुन आफ्नै पार्टीले दुख दिएर अमेरिका भास्सिनु परेको व्यहोरामा ल्याप्चे लगाएर अमेरिकी अदालतमा कागजात पेश गरेका छन् ।
नेपालको कम्युनिष्ट नेतृत्वले फेसबुकका मार्क जुकरबर्ग, आइफोनका स्टिभ जब्स, कम्प्युटरका पिता चाल्स बाबेजलाई नेता मान्नुपर्छ । यी यस्ता आविष्कारक हुन, जसले अमेरिकी राष्ट्रपति र नेपालको एउटा सामान्य नागरिकलाई समान सुविधा दिएका हुन्छन् । आखिर सबैलाई समान आँखाले हेर्नु कम्युनिष्ट समाजवादी हेराइ होइन र ? यदि यसो नभएको भए सबै जनता रोटीको हकदार नभएसम्म केक काट्न नपाइने उर्दी लेनिनले किन लगाउँदा हुन ? सबै मजदुरले चिनी हालेको चिया नपाएसम्म आफू पनि खल्लो चियामा डल्लिने इच्छाशक्ति कहाँबाट पलाउँथ्यो र ? संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पुरै शून्य छ ।
देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौँ पछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ ।
देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौँ पछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । धुलिमाटीबाट क, ख सिकेकादेखि आईफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ । निष्ठा र इमान्दारीको राजनीति गर्नेहरू देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरूलाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ । पात मासियो भने त अर्को वर्ष पिपिरापिपिरी पलाउला तर जरै ढालियो भने त न रहे बाँस, न बजे बाँसुरी हुन बेर लाग्दैन ।
प्रतिक्रिया