बुङ्गल हाइड्रोको आइपीओ खुल्यो « Khabarhub

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साेमबारदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरेको हो।

हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो। जसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावितलाई र २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा भएका लागि निष्काशन गर्ने छ ।

त्यसपछि एक लाख एक हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता शेयर कर्मचारीलाई वितरण गर्ने छ ।

त्यो सबै बाँडफाँड भएपश्चात सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर निष्काशन हुने छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर निष्काशन हुने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : ०१ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल