मोदी देखेर ट्रम्पका सल्लाहकार चकित, भने- पुटिन र सीसँग किन हात मिलाइरहेका होलान् ? « Khabarhub

मोदी देखेर ट्रम्पका सल्लाहकार चकित, भने- पुटिन र सीसँग किन हात मिलाइरहेका होलान् ?


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले फेरि भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीबारे तिखो टिप्पणी गरेका छन्।

फक्स न्युजसँगको कुराकानीमा उनले उले मोदीलाई उत्कृष्ट नेता भने । ‘मोदी एक उत्कृष्ट नेता हुन्, तर मैले नबुझेको कुरा उनी किन भ्लादिमिर पुटिन र सी चिनफिङसँग हात मिलाइरहेका छन्, जबकि उनी संसारकै सबैभन्दा ठूलो लोकतन्त्रका नेता हुन्’, उनले भने ।

नभारोले अहिले जे भइरहेको छ, त्यसलाई भारतीय जनताले बुझ्नुपर्ने बताए । ‘म भारतीय जनतालाई केवल यो भन्न चाहन्छु, जे भइरहेको छ त्यसलाई बुझ्नुपर्छ। भारतीय जनताको मूल्यमा मुनाफा कमाइरहेका छन्। हामी चाहन्छौँ कि यो रोकिनुपर्छ’, उनले भने ।

यसअघि पनि नभारोले रूसी तेल किन्ने मुद्दामा भारतलाई आक्रमण गरेका थिए। राष्ट्रपति ट्रम्पका नजिकका मानिने नवारोले गत हप्तामात्रै ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रूस–युक्रेन युद्ध वास्तवमै ‘मोदीको युद्ध’ हो।

भारत अहिले ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ। अमेरिका अनुसार भारतले रूसी तेल खरिद गरेर युक्रेन युद्धका लागि आर्थिक सहयोग पुर्‍याइरहेको छ । त्यसकै आधारमा भारतमाथि यो ट्यारिफ लगाइएको हो।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १२ : ०६ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने