साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता | Khabarhub Khabarhub

साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८२–०८३ को साउन महिनामा देशभर झण्डै ६ हजार मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार एक महिनाको अवधिमा देशभर ५ हजार ७४० मुद्दाहरू दर्ता भएका हुन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको साउन महिनाको मासिक प्रदेशगत अपराध दर्ता विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी मुद्दाहरू दर्ता भएका देखिएको छ । विवरणमा काठमाडौ उपत्यकासहित २ हजार १४७ अपराधका घटनाहरू दर्ता भएका छन् । 

प्रहरीको विवरणमा काठमाडौं उपत्यकामामा १ हजार ६११ र बागमती प्रदेशमा ५३६ वटा मुद्दा दायर भएको उल्लेख छ । यस्तै मधेश प्रदेशमा एक हजार ७२, कोशी प्रदेशमा ९१८, लुम्बिनी प्रदेशमा ६८५ मुद्दा दर्ता भएका छन् । 

गण्डकी प्रदेशमा ४१३, सुदूरपश्चिममा ३३२ र कर्णाली प्रदेशमा १७३ वटा अपराधका घटना दर्ता भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २६ बजे

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ

रूसमा नयाँ सवारीसाधनको बिक्री २५ प्रतिशत घट्यो

मस्को – रूसको उद्योग तथा व्यापार मन्त्रालयले जानकारी दिएको अनुसार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहीबार बस्दैछ । बैठक

सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक बस्दै

यी भूभागमा मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल