विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर « Khabarhub

विश्वप्रकाशले तोके सबै ७७ जिल्लामा कांग्रेसका चुनावी कमाण्डर


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ।

गत माघ १ गते विशेष महाधिवेशन सम्पन्न भएकै समय कांग्रेसको चुनावी कमाण्डर तोकिएका उनले मंगलबार प्रदेशगत हिसाबमा सबै जिल्लाको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

कांग्रेसबाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका कमान्डर उनले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठनको निर्णय गरेर जिम्मेवारी तोकेका हुन् ।

यसअघि सभापति गगन थापा नेतृत्वमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने निर्णय गरेको थियो ।

माघ १ गते ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विश्वप्रकाशलाई चुनावी कमाण्डर बनाएको थियो । उनले मंगलबार सातै प्रदेशका सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेका हुन् ।

कुन जिल्लामा को कमाण्डर ?

कोशी प्रदेश

ताप्लेजुङ, पाँचथर, इलाम र झापा : डा. डिला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा

संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी : अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहा : वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी

बागमती प्रदेश

धादिङ, रसुवा, नुवाकोट र काठमाडौं : बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधान

काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर : जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल

भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवन : अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतम

गण्डकी प्रदेश

पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ : चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल

स्याङ्जा, कास्की, मनाङ र नवलपुर : ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल

गोरखा, लम्जुङ र तनहुँ : अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी

लुम्बिनी प्रदेश

रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मी : डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह

कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान र रोल्पा : कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर र केशव आचार्य

दाङ, बाँके र बर्दिया : चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विक

कर्णाली प्रदेश

सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पा : नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमति शाही

दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला : जानकी सिंह, दिपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानवहादुर नेपाली र कान्तिका सेजुवाल

सुदरपश्चिम प्रदेश

कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ : हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना

कैलाली र डडेल्धुरा : जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड

डोटी, अछाम र बाजुरा : नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ४ : २५ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको