उमेर हदबारे सुरेन्द्र पाण्डे : मदन भण्डारी पनि अल्पमतमा थिए, उमेर हद एकदिन लागू हुन्छ « Khabarhub

उमेर हदबारे सुरेन्द्र पाण्डे : मदन भण्डारी पनि अल्पमतमा थिए, उमेर हद एकदिन लागू हुन्छ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेभित्रको लोकतान्त्रीकरणसम्बन्धी बहस सबै दलको साझा मुद्दा रहेको बताएका छन् । 

‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले उमेर सीमा र कार्यकालसम्बन्धी प्रावधानलाई प्राविधिक तर आवश्यक विषयका रूपमा प्रस्तुत गर्दै आगामी महाधिवेशनमा यसबारे छलफल हुने जानकारी दिए ।

पाण्डेले भने, ‘उमेर भनेको प्राविधिक कुरा मात्रै हो, तर यसबारेमा बहस र निर्णय आवश्यक छ । अहिले एमालेको बहुमतले उमेर हदलाई हटाउने निर्णय गर्न सक्छ । तर बहुमतले सधैं सही निर्णय गर्छ भन्ने हुँदैन ।’

उनले पार्टीमा उमेर हद तत्काल लागू नभए पनि भविष्यमा यो आवश्यक रूपमा कार्यान्वयन हुने बताए । ‘कतिपय बेला अल्पमतमा परेको एजेन्डा हराउँदैन । मदन भण्डारी पनि कहिलेकाहीँ अल्पमतमा थिए। अहिले उमेर हदको मुद्दा स्थापित हुन नसके, एक दिन लागू हुन्छ,’ पाण्डेले स्मरण गरे ।

उनले लोकतान्त्रीकरण एमालेको मात्र नभई सबै दलको आवश्यकता भएकोमा जोड दिए । ‘यदि पार्टी अध्यक्षलाई दुई कार्यकाल मात्र हुने व्यवस्था भए के हुन्थ्यो ? यो एमालेको मात्र प्रश्न होइन, सम्पूर्ण दलहरूको मुद्दा हो,’ पाण्डेले भने ।

पाण्डेले महाधिवेशन नजिकिँदै गर्दा उमेर र कार्यकालसम्बन्धी विषयलाई मिलाएर ल्याइएको भए पनि अन्तिम निर्णय महाधिवेशनले नै गर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ११ बजे

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा