‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने  « Khabarhub

‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । 
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता बिक्री गर्न लागिएको हो । 

कम्पनी २०७१ मङ्सिर १४ गते स्थापना भएको हो । नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ ।

पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं.२०७७) मा पहिलोपटक उत्पादन शुरु गरेको हो । 

२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्या‌क तथा पाँचवटा २५ हजार लिटर क्षमताका ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले ‘सरङ्गी व्हिस्की ४० यूपी’ र ‘सेतो बाघ भोड्का ३० यूपी’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । उक्त ब्राण्डको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले “रारा ब्लुज ४० यूपी’ नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ३६ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन