‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने  « Khabarhub

‘नेचुरल इस्पीरीट्स नेपाल’ले आईपीओ ल्याउने 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

शेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । 
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता बिक्री गर्न लागिएको हो । 

कम्पनी २०७१ मङ्सिर १४ गते स्थापना भएको हो । नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ । यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ ।

पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै व्यापक रूपमा विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीले सन् २०२१ (वि.सं.२०७७) मा पहिलोपटक उत्पादन शुरु गरेको हो । 

२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्या‌क तथा पाँचवटा २५ हजार लिटर क्षमताका ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले ‘सरङ्गी व्हिस्की ४० यूपी’ र ‘सेतो बाघ भोड्का ३० यूपी’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । उक्त ब्राण्डको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ । निकट भविष्यमा कम्पनीले “रारा ब्लुज ४० यूपी’ नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री तथा वितरण गर्न तयारी गरि रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ३६ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल