‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’ « Khabarhub

‘नेपाल असंलग्न नीतिमै छ, चीनको जीएसआईमा समर्थन गरेको छैन’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) लाई नेपालले समर्थन नगरेको बताएका छन् ।

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा जीएसआईलाई नेपालले समर्थन गर्नेबारेमा केही सहमति नभएको उनले बताएका छन् ।

भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री डा खतिवडाले रासससँग कुरा गर्दै संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग नबन्ने स्पष्ट गरेका हुन् ।

साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानचिनमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच शनिबार भेटवार्ता भएको थियो ।

भेटपछि चीनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा चीनको जीएसआईमा समर्थन गरेको आशय सार्वजनिक भएपछि डा. खतिवडाले नेपालको पक्ष खुलाएका हुन् ।

‘प्रधानमन्त्री ओलीको यो भ्रमण मुलत साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनका लागि हो’, उनले भने, ‘सामान्यत: यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन, गरिएको पनि छैन । सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भनेर प्रचार गरिनु गलत छ ।’

डा. खतिवडाले दुई मुलुकबीच यसअघिका बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको जानकारी दिए ।

भ्रमणका क्रममा जीएसआईमा सहमति गरिएको भन्दै नेपालका कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गर्नेहरूलाई यथार्थ बुझेर मात्रै बोल्न पनि उनले भनेका छन् ।

डा. खतिवडाले नेपाल र चीनबीच सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायत क्षेत्रमा सहयोग बढाउने गरी छलफल भएको थियो ।

नेपालको आर्थिक-सामाजिक रूपान्तरणमा सघाउन चीन तत्पर रहेको पनि उनले बताएका छन् ।

प्रधानन्त्री ओली यसअघि २०८१ मंसिरको औपचारिक भ्रमणमा क्रममा समकक्षी ली छ्याङको उपस्थितिमा टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि र भैँसीको मासु चीन निर्यातलगायतबारे हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : ४५ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

काठमाडौं– जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु