दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा | Khabarhub Khabarhub

मनाङ प्रदेश सभा–२ उपचुनाव

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगले रुपन्देही ३ सँगै मनाङमा पनि उपनिर्वाचन तयारी गरेको हो ।

सर्वोच्च अदालतले २०७९ सालमा निर्वाचित दीपक मनाङेलाई कम्तीमा ६ वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेसँगै आयोगले शुक्रबार विज्ञप्ति जारी गरेर कात्तिक १७ गतेका लागि उपनिर्वाचन तोकेको हो ।

यो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पदमुक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालिएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङे पदमुक्त हुने फैसला सुनाएपछि आयोग उपनिर्वाचनको तयारी गरेको थियो ।

ज्यान मुद्दामा दोषी ठहर भएर पदमुक्त भएका मनाङे ०७९ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा निर्विरोध निर्वाचित भएका थिए । मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेपछि दलहरू उम्मेदवारी दिनबाट पछि हटेका थिए ।

उक्त मुद्दाको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेसँगै मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै मनाङेलाई गत असार ४ गते सांसद पदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

तर, मुद्दाको फैसलाको पूर्णपाठ नआएका कारण मनाङ प्रदेश सभा–२ को निर्वाचनमा अलमल भएको थियो । पछि भदौ ९ गते मुद्दाको पूर्णपाठ सार्वजनिक भएसँगै आयोगलाई उपनिर्वाचन गर्ने बाटो खुलेको हो ।

आयोगले अब दल दर्तालगायत प्रक्रिया छोट्याएर कात्तिक १७ गते नै उपनिर्वाचन गराउन तयारी अघि बढाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य चयनका लागि रूपन्देही–३ को अन्तिम नामावली प्रकाशन हुने दिन भदौ २५ मै मनाङ प्रदेश सभा २ को अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

मनाङमा हुन गइरहेको उपनिर्वाचनका लागि कति दलहरूले भाग लिन्छन् भन्ने विषय अहिले नै तय भइसकेको छैन । तर, गत स्थानीय तहको निर्वाचन हेर्दा यो क्षेत्रमा दुई पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

मनाङका चारमध्ये दुई पालिका नासोँ र नार्पा भूमि मिलाएर प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ निर्धारण भएको छ । यी दुवै पालिकाको अध्यक्षमा अहिले कांग्रेसका नेताहरूले नेतृत्व गरिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षहरूले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेसको मत ९७८ छ । नासोँ गाउपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरूङले ८२० मत पाएका थिए । यस्तै नार्पा भूमिमा १५८ मतसहित कांग्रेसका कोञ्जो तेन्जिङ लामा विजयी भएका थिए ।

स्थानीय तह निर्वाचनमा अध्यक्षका उम्मेदवारले पाएको मतअनुसार एमालेको मत ६४६ देखिन्छ । नासोँमा एमाले उम्मेदवार मनबहादुर गुरूङले ६४६ मत पाएका थिए । नार्फा भूमिमा एमालेले अध्यक्षमा प्रतिस्पर्धा गरेको थिएन ।

कांग्रेसका कोञ्जो १५८ मतसहित नार्पा भूमि गाउँपालिकाको अध्यक्षमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत ल्याएका थिए ।

उपाध्यक्षतर्फको मतपरिणाम हेर्दा नासाँे गाउँपालिकामा एमालेको मत ९१३ मत छ । नार्पा भूमिमा एमालेकी मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएकी थिइन् । नासोँमा एमालेका वेदबहादुर गुरूङ ९१३ मतले उपाध्यक्षमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार अर्विन गुरूङले ४९६ मत पाएका थिए ।

स्थानीय तह निर्वाचनमा दुवै पालिकाका वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार नासोँ गाउँपालिकामा कांग्रेसको ४०४ र एमालेको ३६० मत छ । वडागत रूपमा हेर्दा नासाँेको वडा नम्बर १ मा कांग्रेसको १६४ र एमालेको ६७, वडा नम्बर २ मा एमालेको सय र कांग्रेसको ७८ मत तथा वडा नम्बर ३ मा कांग्रेसको ६८ र एमालेको ५१ मत छ ।

वडा नम्बर ४ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा निर्विरोध विजयी हुँदा कांग्रेसले ६, ६ र ७ नम्बर वडामा बिनाप्रतिस्पर्धा (निर्विरोध) निर्वाचन जितेको थियो ।

यस्तै वडा नम्बर ८ मा कांग्रेसले १९१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार (लिलाबहादुर गुरूङ)ले ७८ मत प्राप्त गरेका थिए । वडा नम्बर ९ मा एमालेका मिङ्मार छिरिङ विष्ट ६७ मतसहित वडाध्यक्षमा जित्दा कांग्रेसका साङ्गे वाङचुङ लामाले ६३ मत पाएका थिए ।

प्रदेश सभा–२ मा पर्ने अर्को गाउँपालिका नार्पा भूमिमा ५ वटा वडाहरू छन् । नार्पा भूमिको वडा नम्बर १ मा कांग्रेस उम्मेदवार फूर्पा ठेले लामा निर्विरोध वडाध्यक्षमा विजयी हुँदा २ र ३ नम्बर वडामा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका थिए ।

२ र ३ नम्बर वडाको अध्यक्षका लागि विजयी उम्मेदवारका निकटतम प्रतिष्पर्धीहरू पनि स्वतन्त्र नै थिए । यो पालिकाको वडा नम्बर ४ र ५ मा स्वतन्त्र उम्मेदवारहरू क्रमशः कर्मा ग्यान्जे लामा र सोनम तेजे लामा निर्विरोध भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ११ बजे

लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख

हेटौंडा– मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित

हरिवंशलाई हाँस्य भूमिकामा राखेर फिल्म ‘हरिबहादुरको जुत्ता’को गीत सार्वजनिक

काठमाडौं – असोज १३ अर्थात् फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्म

दयाहाङकी हुन नसकेकी ‘मैया’ फिल्ममा सँग-सँगै

काठमाडौं – नायिका रिश्मा गुरुङ बितेका ७ वर्ष फिल्मको पर्दाबाट

प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक

लेखजंगको बहुविवाह : छोडपत्रको प्रमाण नदिए रास्वपाले टिकट खोस्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ का को