लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख « Khabarhub

लालकुमारको घर बनाउन मुख्यमन्त्री बानियाँले दिए २ लाख


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बन्ने भएको छ । वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखि जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए ।  सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका छन् ।

०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमती सँगै बस्दै आइरहेका छन् ।  लालकुमारको २ कट्ठा नम्बरी र करिब ३-४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् । 

उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहेकी छिन् । खेतीसँगै  घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ । 

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै  लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम  प्रदान गरेका छन् । पालिका भित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको सङ्ख्या धेरै छन् जस मध्ये लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताए । 

सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं,  अध्यक्ष मुक्तानले भने । सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलो किस्ता स्वरुप दुई लाख  सहयोग  गरेका छन् । 

आफ्नो निर्वाचन क्षेत्रका नागरिक गाँसबास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारको घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए  ।

पत्र पेश कार्यक्रममा कैलाश १ का वडाध्यक्ष तेज ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदास कुमार भुलन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भुवन सिं घलान,  कैलाश गाउँपालिकाका नेपाली काङ्ग्रेस वडातहका सभापतिहरूको उपस्थिति रहेको थियो  ।

यस अघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार   र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक  सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ३६ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको