गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’ « Khabarhub

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रहरुले गाजामा नागरिकको हत्या र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।

चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ)पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।

“सदस्य राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्व बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। सङ्गठन गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यहरूको कडा निन्दा गर्दछ र स्थायी युद्धविराम र निर्बाध मानवीय सहायताका लागि आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जुन २०२५ मा इरानमाथि इजरायली र अमेरिकी सैन्य आक्रमणले असैनिक आणविक संरचनालाई लक्षित गरी भएको हताहती अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ ।”

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : १४ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन