सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी « Khabarhub

सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छः मन्त्री भण्डारी


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैतडी – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताएका छन् ।

यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए ।

मन्त्री भण्डारीले भने, “जनआकाङ्क्षा धेरै छन् । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन । एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो । अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ ।”

गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उनको भनाइ थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।

उनले डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए। कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले आफ्नै भवन निर्माण भएपछि वडाबाट सेवा प्रवाहमा सहज भएको बताए ।

गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले गाउँपालिकाको रु ७१ लाख बजेटमा वडा कार्यालय भवन निर्माण गरिएको बताए । एकतले भवनमा हलसहित सात कोठा रहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : १४ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित