भारतमा हवाइ यात्रुको सङ्ख्या बढ्ने « Khabarhub

भारतमा हवाइ यात्रुको सङ्ख्या बढ्ने


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी दुई वर्षसम्म भारतीय हवाइ यात्रुको सङ्ख्या ७ प्रतिशतले बढ्ने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ । केयरएजले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२४–२५ देखि सन् २०२६–२७ सम्म हरेक वर्ष विमानस्थलमा यात्रुको सङ्ख्या ७ प्रतिशतले वृद्धि हुने जनाइएको छ ।

सन् २०२४–२५ मा भारतमा हवाई यात्रुको सङ्ख्या ४१ करोड २० लाख रहेको छ । सन् २०२६–२७ मा यो बढेर ४७ करोड पुग्नेछ । चीन र अमेरिकापछि भारत विश्वको तेस्रो ठूलो हवाई बजार हो ।

हवाई सुरक्षामा बढ्दो चासो, वाइडबडी जहाजको ढिला आपूर्ति र भूराजनीतिक तनावका बावजुद यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सले जनाएअनुसार दीर्घकालसम्म भारतीय विमानस्थलमा यात्रु सङ्ख्या बढ्दै जानेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : २३ बजे

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश