नेपालले जित्यो आसामविरुद्धको सिरिज « Khabarhub

नेपालले जित्यो आसामविरुद्धको सिरिज


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल ‘ए’ ले जितेको छ । सोमबार भएको निर्णायक अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’ ले २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनायो । टोलीका लागि सन्दीप जोराले आक्रामक ६४ रन प्रहार गरे, जसमा ३९ बलमा २ चौका र ५ छक्का समावेश थिए । त्यसैगरी शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रन जोडे । आसामका बलर आयुष्मान मलाकार र अभिनव चौधरीले समान २/२ विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको आसाम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो । टोलीका लागि भार्गव लहकरले अविजित २९ रन योगदान दिए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५ रन बनाए । नेपालका बलर शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान २(२ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

यसअघि बिहीबार सुरु भएको शृंखलामा पहिलो खेल डीएल पद्धतिअनुसार १५ रनले आसामले जितेको थियो । दोस्रो खेलमा नेपाल ९६ रनले विजयी भयो भने तेस्रो खेलमा ९ रनले नेपालले जित हात पार्‍यो । चौथो खेल भने आसामले १८ रनले जितेको थियो ।

अन्ततः सोमबारको नतिजासँगै नेपाल ‘ए’ ले शृंखला आफ्नो नाममा दर्ज गर्न सफल भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : ४१ बजे

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर