पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम « Khabarhub

पौवादुङमामा प्रभावकारी बन्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रम


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिकाले सञ्चालन गरेको ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । 

गाउँपालिकाले यहाँ जन्मिएका शिशुहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न पाँच वर्षसम्म नियमित ५०० वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार प्रत्येक बालबालिकाका लागि बैंकिङ प्रणालीमार्फत रकम जम्मा गरिने व्यवस्था मिलाइएको छ । 

बालबालिकाको भविष्य सुनिश्चितताको लागि गाउँपालिकाले आव २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । बालबालिकाको उज्ज्वल भविष्यसँगै सक्षम भावी पुस्ता  निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। 

यससँगै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रसूतिगृहबाट ‘रेफर’ गरिएका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा नवजात शिशुहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १२ : २९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा