७ दशक अघिको त्यो दशैं (भिडियो) « Khabarhub

७ दशक अघिको त्यो दशैं (भिडियो)



महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको छिनामखुमा जन्मिएका उनले सात दशकअघिदेखि अहिलेसम्मका चाडपर्वको अनुभव गरेका छन् ।

 ‘राम्रो खाने, मिठो लाउने’ संस्कृति बोकेको दशैं हुँदा खाने र हुनेखाने सबैका लागि उत्तिकै प्रेरक बनेको छ । पहिलेको दशैंले गाउँ समाज जोड्थ्यो । सानो उपलब्धीमा ठूलो सन्तुष्टि प्राप्त हुन्थ्यो । उनी राई संस्कृतिको बाहुल्य समाजमा हुर्किए । 

त्यो दशैंमा लाहुरबाट दोहोरीलत्त मानिस आउँथे । उनीहरूको सान सौगत अलग हुन्थ्यो । पढ्न गएका विद्यार्थीदेखि जागिर खान गएका परदेशीसम्म आउँथे । दशैंले घरटोल सफाइको अभियान ल्याउँथ्यो । घरलौरी राँगो, खसी, सुँगुर ढल्थे । टीका लगाउने परम्परा हार्दिकतापूर्वक चल्थ्यो ।  बालबालिका पिङमा मच्चिन्थे । ठूलाहरू जुवातास, पासा लडाउँथे । 

अहिले उनी जन्मिएको छिनामखुमा पहिलेको जस्तो दशैं छैन् । दशकौंदेखि थातथलो काठमाडौं सारेका उनी यहाँको दशैंमा त झन् जताततै निरसता पाउँछन् । समयसँगै परम्परा, चलन र रमाइलो गर्ने तरिकामा परिवर्तन आएको छ।

यसै सन्दर्भमा, हामी उनीसँग बाल्यकालदेखि अहिलेसम्मको दशैँ अनुभवबारे कुरा गर्दैछौं। राईको दृष्टिकोणले हामीलाई केवल अतीत सम्झाउने मात्र होइन, भविष्यका पुस्ताले दशैँलाई कसरी जोगाउन सक्छन् भन्नेमा पनि मार्गदर्शन गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ६ : १८ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)