च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर « Khabarhub

च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि स्थानीय खसीबोकामै निर्भर


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गलकोट– हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन् ।   

बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ । 

मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउँछन् । च्याङ्ग्राको मूल्यमा दुई खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैँमा स्थानीय खसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ । 

 बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा बिक्रीका लागि आएका भए पनि च्याङ्ग्राको भाउमा दुई खसीबोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको व्यवसायी बलबहादुर थापाले बताए। 

‘अहिले च्याङ्ग्राको मूल्य ३५ हजार भन्दामाथि छ, काटेर किलोका दरले बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ’, थापाले भने, ‘मूल्य महँगो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।’

दसैंँ तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ महङ्गो भएपछि स्थानीयमा खसीबोका र कुखुराको माग बढी हुन थालेको छ ।  एक हजार १५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मूल्य पर्न जाने गरेको छ । 

च्याङ्ग्राको मूल्य निकै महँगो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्री गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाइ छ ।  

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ४ : ३५ बजे

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार