फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा « Khabarhub

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको बताएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय गरेपछि बास्कोटाको यो भनाइ आएको हो ।

समाजवादीले माओवादीसँग एकताको निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार घर छाडेर गएकालाई फर्किन आह्वान गरेका थिए ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले ओलीको उक्त आह्वानप्रति पनि कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वामपन्थीहरू त्यही प्रवृत्तिबाट अभिशप्‍त छन्, मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।’

मिलेर पनि नमिल्नुका कारणका रूपमा उनले गहिराइको चाप र नेतृत्वको राप भनेका छन् ।

‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने’, उनले माधवकुमार नेपालतिर लक्षित गर्दै भनेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : १० बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद