राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’ « Khabarhub

राप्रपा प्रवक्ता श्रेष्ठले बालुवाटार बैठकमा जे देखे– ‘जेन–जीका एजेण्डा ‘हाइज्याक’ भइसकेछन्’


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय वार्तामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जेन–जी आन्दोलनमा सहभागी युवाबीच विभाजन देखिएको बताएका छन् ।

उनले बैठकमा राप्रपाका तर्फबाट आफूले देखेका बुँदाहरू पनि शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको उक्त बैठकमा सहभागी महामन्त्री राजेन्द्र गुरूङसहितको टोलीले देखेको र अनुभूत गरेको कुरा श्रेष्ठले विस्तृत रूपमा वर्णन गरेका छन् ।

श्रेष्ठले बालुवाटारमा आएका केही उदयमान जेन–जी नेताका फरक धारणा, अस्पष्ट माग र विरोधाभासले आन्दोलनको मूल उद्देश्य कमजोर भइरहेको ठहर गरेका छन् ।

उनले जेन–जी आन्दोलनले पुर्‍याएको बलिदान र क्षतिको तुलना गर्दा बालुवाटार बैठकमा प्रस्तुत भएका एजेण्डा र धारणा नमिलेको पनि उल्लेख गरेका छन् ।

संविधान खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम सरकार र भ्रष्टाचार न्यूनीकरणजस्ता मूलमन्त्रहरूलाई टेबुलसम्म ल्याउनुपर्ने जिम्मेवारी जेन–जी जेनेरेशनकै भएको उल्लेख गर्दै त्यो जिम्मेवारी बिर्सन नहुने उल्लेख गरेका छन् ।

श्रेष्ठले असङ्गठित र विभाजित जेन–जी समूहहरू सहजै ‘मिसगाइड’ हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । त्यस्ता शक्तिहरूले आन्दोलनलाई टुक्र्याउन खोजेको हुनसक्ने भएकाले  सचेत हुन पनि सुझाव दिएका छन्।

विद्रोहलाई कुनै नयाँ ठाउँमा पुर्याउन नसकेको र हाइज्याकको जोखिम बढेको खण्डमा आन्दोलनको भार बोकेर अगाडि बढ्न गाह्रो हुने पनि उनले उल्लेख गरेका छन् ।

राप्रपाले जेन–जीसँग सहकार्य गर्दै त्रिपक्षीय समझदारी कायम गर्न आग्रह गरेको छ । श्रेष्ठले लोकमान्य आवश्यकताको पक्षमा रहेर विभाजनकारी स्वार्थ र तिकडमबाट बच्न, विगतका त्रुटि सुधारेर देशलाई समृद्धतिर लैजान सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

श्रेष्ठले जेन–जीका युवा नेताहरूलाई बलिदानी दिएका साथीहरूको सम्झना गर्दै संयम र जिम्मेवारीपूर्वक अगाडि बढ्न आह्वान गरेका छन् । राजनीतिक दलहरूसँग संवाद कायम राखेर राष्ट्रिय हितमा सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १० : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क