झपट रावलको प्रस्ताव : एमालेको नेतृत्व संगठित सदस्यबाट सिधै छानौँ « Khabarhub

झपट रावलको प्रस्ताव : एमालेको नेतृत्व संगठित सदस्यबाट सिधै छानौँ


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य झपट बहादुर रावलले आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि र नेतृत्व छनोट प्रक्रियामा सुधार ल्याउने उद्देश्यले दुई वैकल्पिक मोडेल प्रस्ताव गरेका छन्।

उनले पार्टीभित्र सङ्गठनात्मक लोकतन्त्र, प्रतिनिधित्व र पारदर्शिता सुदृढ पार्न महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

रावलले शनिबार सार्वजनिक गरेका प्रस्तावमा दुईवटा भूगोलमा आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता मोडेल प्रस्तुत गरेका छन् ।  प्रत्यक्ष निर्वाचितमा जाँदा पार्टीलाई थप जनमुखी र संस्थागत बनाउने उनले दाबी गरेका छन् ।

पहिलो मोडेल : भूगोल आधारित प्रतिनिधित्व
– देशका सबै ७५३ स्थानीय तहलाई प्रतिनिधि छनोटको आधार बनाउने ।
– प्रत्येक स्थानीय तहबाट कम्तीमा एकजना प्रतिनिधि अनिवार्य गर्ने ।
– महिला, युवा, दलित, जनजाति र पिछडिएका वर्गको अनिवार्य समावेश ।

यसबाट भौगोलिक सन्तुलन कायम भई स्थानीय कार्यकर्ताको मनोबल र जनसङ्गठनसँगको सम्बन्ध सुदृढ हुने उनको विश्वास छ ।

दोस्रो मोडेल : प्रत्यक्ष सदस्य सहभागिता (प्रत्यक्ष निर्वाचित नेतृत्व)
– पार्टीका सम्पूर्ण सदस्यलाई प्रत्यक्ष रूपमा नेतृत्व चयन प्रक्रियामा सहभागी गराउने ।
– प्रत्येक पालिकामा मतदान केन्द्र राखी डिजिटल वा प्रत्यक्ष मतदानको व्यवस्था गर्ने ।
– सदस्यताको प्रमाणीकरण प्रणालीमार्फत पारदर्शिता र विश्वास सुनिश्चित गर्ने ।
– यसबाट नेतृत्व छनोटमा वैधता, पारदर्शिता र सदस्यको भरोसा बढ्ने, पार्टीभित्र लोकतान्त्रिक संस्कार गहिरो हुने ।

नेता रावलले यी दुवै मोडेलको उद्देश्य एउटै रहेको बताएका छन् । यी दुई मोडेलले भौगोलिक सन्तुलन, समावेशी प्रतिनिधित्व, पारदर्शी प्रक्रिया र सदस्य सहभागिता सुनिश्चित गर्दै एमालेभित्रको सङ्गठनात्मक लोकतन्त्रलाई सुदृढ पार्ने उनको तर्क छ ।

‘कुन मोडेल अवलम्बन गर्ने भन्ने निर्णय पार्टीको नीति, प्राविधिक तयारी र आन्तरिक सहमतिका आधारमा हुनुपर्छ, उनले भनेका छन्, ‘दुवै दृष्टिकोणले एमालेलाई अझ जनमुखी र वैचारिक रूपमा सबल बनाउने दिशा देखाउँछन्।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ५९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क