झपट रावलको प्रस्ताव : एमालेको नेतृत्व संगठित सदस्यबाट सिधै छानौँ « Khabarhub

झपट रावलको प्रस्ताव : एमालेको नेतृत्व संगठित सदस्यबाट सिधै छानौँ


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य झपट बहादुर रावलले आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि र नेतृत्व छनोट प्रक्रियामा सुधार ल्याउने उद्देश्यले दुई वैकल्पिक मोडेल प्रस्ताव गरेका छन्।

उनले पार्टीभित्र सङ्गठनात्मक लोकतन्त्र, प्रतिनिधित्व र पारदर्शिता सुदृढ पार्न महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

रावलले शनिबार सार्वजनिक गरेका प्रस्तावमा दुईवटा भूगोलमा आधारित प्रतिनिधित्व मोडेल र प्रत्यक्ष सदस्य सहभागिता मोडेल प्रस्तुत गरेका छन् ।  प्रत्यक्ष निर्वाचितमा जाँदा पार्टीलाई थप जनमुखी र संस्थागत बनाउने उनले दाबी गरेका छन् ।

पहिलो मोडेल : भूगोल आधारित प्रतिनिधित्व
– देशका सबै ७५३ स्थानीय तहलाई प्रतिनिधि छनोटको आधार बनाउने ।
– प्रत्येक स्थानीय तहबाट कम्तीमा एकजना प्रतिनिधि अनिवार्य गर्ने ।
– महिला, युवा, दलित, जनजाति र पिछडिएका वर्गको अनिवार्य समावेश ।

यसबाट भौगोलिक सन्तुलन कायम भई स्थानीय कार्यकर्ताको मनोबल र जनसङ्गठनसँगको सम्बन्ध सुदृढ हुने उनको विश्वास छ ।

दोस्रो मोडेल : प्रत्यक्ष सदस्य सहभागिता (प्रत्यक्ष निर्वाचित नेतृत्व)
– पार्टीका सम्पूर्ण सदस्यलाई प्रत्यक्ष रूपमा नेतृत्व चयन प्रक्रियामा सहभागी गराउने ।
– प्रत्येक पालिकामा मतदान केन्द्र राखी डिजिटल वा प्रत्यक्ष मतदानको व्यवस्था गर्ने ।
– सदस्यताको प्रमाणीकरण प्रणालीमार्फत पारदर्शिता र विश्वास सुनिश्चित गर्ने ।
– यसबाट नेतृत्व छनोटमा वैधता, पारदर्शिता र सदस्यको भरोसा बढ्ने, पार्टीभित्र लोकतान्त्रिक संस्कार गहिरो हुने ।

नेता रावलले यी दुवै मोडेलको उद्देश्य एउटै रहेको बताएका छन् । यी दुई मोडेलले भौगोलिक सन्तुलन, समावेशी प्रतिनिधित्व, पारदर्शी प्रक्रिया र सदस्य सहभागिता सुनिश्चित गर्दै एमालेभित्रको सङ्गठनात्मक लोकतन्त्रलाई सुदृढ पार्ने उनको तर्क छ ।

‘कुन मोडेल अवलम्बन गर्ने भन्ने निर्णय पार्टीको नीति, प्राविधिक तयारी र आन्तरिक सहमतिका आधारमा हुनुपर्छ, उनले भनेका छन्, ‘दुवै दृष्टिकोणले एमालेलाई अझ जनमुखी र वैचारिक रूपमा सबल बनाउने दिशा देखाउँछन्।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ११ : ५९ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्