माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ  « Khabarhub

माओवादीमा जनार्दनको फरक मत : सिद्धान्तविहीन एकता पार्टीका लागि घातक हुन्छ 


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा-माओवादी केन्द्र)को शनिबार बसेको सचिवालय बैठकमा पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रस्तावप्रति फरक धारणा राख्दै त्यो प्रक्रिया रोक्न माग गरेका छन्।

शर्माले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एकता प्रस्तावप्रति आपत्ति जनाउँदै त्यसले माओवादी आन्दोलनको वैचारिक आधार र क्रान्तिकारी चरित्रलाई कमजोर पार्ने चेतावनी दिएका हुन्।

उनले भनेका छन्, ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने एकताले वाम आन्दोलन बलियो बनाउने होइन, बरु दक्षिणपन्थी अवसरवादलाई बल पुर्‍याउनेछ।’

के भने फरक मतमा ?

इतिहास र संघर्षको पृष्ठभूमि : २०५२ सालमा सुरु भएको जनयुद्धले राज्य पुनर्संरचना र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यो, जुन जनयुद्धकै उपलब्धि हो।

गणतन्त्रपछि विचलन : पार्टीका नेताहरू सत्तामोह, पद र सुविधामा अल्झिएपछि विचार र जनाधार दुबै कमजोर बने।

जेन-जी आन्दोलनको संकेत : युवाहरूको विद्रोहले भ्रष्टाचार र नेतृत्वप्रतिको असन्तुष्टिलाई प्रष्ट देखाएको भन्दै पार्टीले आत्ममूल्यांकन र पुनर्गठन गर्नुपर्ने उनले उल्लेख गरे।

एकतामा आपत्ति : वैचारिक स्पष्टता र सिद्धान्तबिनाको हतारो एकताले केही नेताको स्वार्थ मात्र पूरा गर्ने र पार्टीलाई थप कमजोर बनाउने उनको तर्क छ।

महाधिवेशनको निर्णय बेवास्ता : पार्टीले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको अवस्थामा विचार बहस र प्रतिस्पर्धा रोक्दै गरिएको एकता प्रस्तावलाई उनले ‘विचार छलफलबाट भाग्ने प्रयास’ भनेका छन्।

जेन-जी आन्दोलनको मर्मविपरीत : सुशासन र पारदर्शिताको माग गर्ने जनविद्रोहको भावना विपरीत गरिने एकता पार्टीको साख झन् गिराउने चेतावनी दिए।

 ‘प्रभाकर’ले पार्टी एकताको प्रक्रिया तत्काल स्थगन गरी पार्टी पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न पनि आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : १९ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ