माओवादी बैठक : चार पेज लामो फरकमत राखेर बाहिरिए जनार्दन | Khabarhub Khabarhub

माओवादी बैठक : चार पेज लामो फरकमत राखेर बाहिरिए जनार्दन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टीमा चार पेज लामो फरक मत राखेर बैठकबाट बाहिरिएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार उनले चार पेज लामो आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका हुन्।

माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनको कुरालाई वास्ता नगरेपछि उनी आफ्नो कुरा राखेर त्यहाँबाट बाहिरिएको ती नेताको दाबी छ।

नेकपा माओवादी केन्द्रसहित सात दलले यही कात्तिक १८ गते पार्टी एकीकरण गर्ने निर्णय गरेपछि शर्माले आपत्ति जनाइ सकेको छन् । उनी अपरिपक्क एकताले पार्टीलाई थप विघटनतर्फ लाने भन्दै फरक मत राखिरहेका छन् ।

स्रोतका अनुसार जनार्दन कुनै पनि हालतमा पार्टी एकता नगर्ने बरु उनी छुट्टै टिम बनाएर अघि बढ्ने पक्षमा रहेका छन्। यता एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि छुट्टै पार्टी स्थापना गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ०३ बजे

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा